आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताउनु भएको छ ।
अध्यक्ष दाहालले बैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याउनु भयो । १ सय ३० औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढन आह्वान गर्नुभयो । अध्यक्ष दाहालले विश्वमा ठूल्ठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।