तीव्र गतिमा ओडिशाकाे तटीय क्षेत्रमा ठाेक्किँदै चक्रवात ‘फानी’, ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारियाे

 बैशाख २०, २०७६ शुक्रबार ७:११:३० | एजेन्सी
unn.prixa.net

बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने भएको छ । फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा सुरु भैसकेको छ । 

तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ | त्यसपश्चात यो प्रणाली फेरि उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ |

मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रतिघण्टादेखि १८५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्नेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्नेछ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ । त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ । यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ । 

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उद्धार तथा राहतका लागि पूरा पूर्व तयारीका साथ सरकार बसेको बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया