जब डाक्टर बाबुकै अगाडि छोराको शव आयो...

 असार १७, २०७५ आइतबार १७:३२:४७ | एजेन्सी
unn.prixa.net

गएको शुक्रबार डाक्टर अब्दुल गनीलाई साँझ चार बजे अस्पताल फर्किन भनियो । त्यतिबेला उनले सोचेका पनि थिएनन् कि अस्पतालमा आफ्नै छोराको मृत शरीर देख्नुपर्छ । त्यति मात्र होइन, आफ्नै छोरालाई मृत घोषणा गर्नुपर्यो उनले । 

शुक्रबार भारत प्रशासित कश्मीरको फलवामा जिल्लाको राजपुरा अस्पतालमा पाँच जना घाइते भर्ना गरिएको थियो । घाइतेमध्ये एक जना डाक्टर गनीकै छोरा पनि थिए जसलाई गोली लागेको थियो । 

जब डाक्टर गनी अस्पताल पुगे  छोराको मृत शरीर देख्न पुगे । डाक्टर गनीका १५ वर्षीय छोरा फैजान पुलवामामा भारतीय सैनिक तथा चरमपन्थीको बीचमा भएको झडपमा गोली लागेको थियो । 

शुक्रबार सेना र चरमपन्थीको बीचमा झडप भैरहेको थियो । अर्कोतर्फ सयौँ पत्थरबाजले सेनालाई लक्षित गरेर ढुंगा हानिरहेका थिए । त्यसमा डाक्टर गनीका छोरा फैजान पनि थिए । 

जवाफमा सुरक्षाबलले प्रदर्शनकारीमाथि गोली चलायो । त्यस कारण कैयौँ प्रदर्शनकारी घाइते भए । 

तपाईँको छोरा अब यस संसारमा रहेनन्

प्रहरीले क्रस फायरिङका क्रममा पाँच जनालाई सर्वसाधारणलाई गोली लागेको र एकको ज्यान गएको बताएको छ । 

शनिबार मृतक फैजानको गोस्वानपोरामा अन्तिम संस्कार गरिएको छ । सेना र चरमपन्थीको झडपका क्रममा छोरा गुमाउन पुगेका डाक्टर गनी भने आफ्नो छोराको मुटुमै गोली हानिएको बताउँछन् । गनी भन्छन्, ‘मेरो छोरालाई पहिले नजिकैको अस्पताल लगियो । पाँच बजेतिर मात्रै मेरो अस्पतालमा ल्याइयो । जब मलाई फोन गरिएको थियो म बाटोमै थिएँ । अस्पतालबाट घर पनि पुगिसकेको थिइनँ । मलाई तुरुन्त अस्पताल आउन भनियो । जब अस्पताल पुगेँ, तीन जना घाइतेलाई श्रीनग रेफर गरेँ । दुई जनालाई गोली लागेको थियो ।’

डाक्टर गनी भन्छन्, ‘अस्पतालमा मलाई साथीहरुले ढाडस दिन थाले । मैले के भयो र भनेर सोधेँ । उनीहरुको जवाफ थियो, ‘तपाईँ छोरा अब यस संसारमा रहेनन् ।’ छोराको मृत शरीर देखेर म भक्कानिए । के गर्ने हौसला त राख्नै पर्छ नि ।’

डाक्टर गनी आफ्नो छोराको शवलाई सेतो कपडाले बेरेर घरतर्फ लागे । उनी भन्छन्, ‘मैले कहिल्यै सोचेको थिइनँ कि आफ्नै अस्पतालमा छोराको शव देख्नु परोस् । मेरो छोराको मुटुमा गोली हानिएको छ । यो त टार्गेट किलिङ नै हा् र यदि खुट्टमा गोली लागेको भए उसलाई बचाउन सकिन्थ्यो । घटनास्थलमा नै उसको ज्यान गएको थियो ।’

दिउँसोको घटनाक्रम सम्झँदै डाक्टर गनी घन्छन्, ‘मैले बिहान छोरालाई आज स्कुल जान्छौँ कि जाँदैनौँ भनेर सोधेको थिएँ । जुमा भएकाले आधा दिन स्कुल छुट्टी हुने भएकाले उनले स्कुल नजाने बताएका थिए । पानी परिरहेको थियो त्यसैले मैले उनलाई भनेँ – आज घरमै बस, म काममा जाँदैछु । यही हो मैले छोरासँग गरेको अन्तिम कुराकानी ।’

डाक्टर गनीलाई आशंका त थियो कतै जुमाको नमाजपछि छोरा प्रदर्शनमा सहभागी हुन्छन् कि भन्ने । उनी भन्छ्न्, ‘म भित्रभित्र अत्तालिरहेको थिएँ । म दिनभर कतिबेला बिदा हुन्छ र परिवारसँगै बसेर खाना खान पाउँछु भनेर पर्खिरहेको थिएँ ।’

१५ वर्षीय फैजान किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्ने क्रममै थिए । डाक्टर गनीका अनुसार केही महिना यता कश्मीर मुद्दालाई लिएर फैजान निकै गम्भीर देखिन्थे । उमेरकाे परिपक्वतासँगै राजनीतिक तथा सामाजिक बुझाईमा पनि उनमा परिवर्तन आउँदै थियो । 

बढ्दो हिंसाले चिन्तित

डाक्टर गनीका अनुसार उनको छोरा फैजान गएको ६ महिनादेखि कश्मीरको स्वतन्त्रता मुद्दासँग आफूलाई जोडिरहेका थिए । फैजान कश्मीर बढ्दो चरमपन्थ तथा हिंसाले गर्दा निकै दुखी देखिन्थे । 

डाक्टर गनी भन्छन्, ‘फैजान सेनाको कारबाहीप्रति आफ्नो विचार राख्थे र प्रश्न गर्थे । उनले सर्वसाधारण कश्मीरी नागरिकप्रति सेनाले चलाउने गोलीको औचित्यबारे प्रश्न उठाउँथे । यसबारेमा किन कोही बोल्दैन भनेर प्रश्न गरिरहन्थे ।’

केही वर्षदेखि कश्मीरमा हिंसा मच्चिरहेको छ । त्यसमा १५ वर्षीय छात्र फैजान पनि मारिए । अहिले उनको घरमा रुवाबासी चलिरहेको छ । रुँदारुँदा आमा बेहोश भएकी छिन् ।

भारत प्रशासित कश्मीरमा सुरक्षाकर्मीको गोलीबाट सर्वसाधारण मारिएको यो पहिलो घटना भने होइन । सरकारी तथ्याङ्ककै अनुसार सन् २०१७ मा सुुरक्षाकर्मी तथा चरमपन्थीबीचको झडपमा ७८ जना सर्वसाधारण मारिएका छन् । २०१८ मा पनि यो सिलसिला जारी नै छ ।  दर्जनौँ नागरिक मारिएका छन् ।

कश्मीरमा अहिले राज्यपालको शासन रहेको छ । अस्थिर राजनीतिक वातावरणले हिंसालाई अझ बढावा दिइरहेको छ । 

भारतीय सेनाले रमजानका अवसरमा संघर्षविराम गरेको थियो । इदपछि भने संघर्षविराम सकिएको छ । गएको १५ दिनमा मात्रै सेनासँगको झडपमा कश्मीरमा एक दर्जनभन्दा बढी चरमपन्थी मारिएका छन् । 

-बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया