पाैडी खेल्ने क्रममा डुबेर नवलपरासीमा एक जनाकाे ज्यान गयाे

 बैशाख २१, २०७६ शनिबार १९:८:५८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले बताए अनुसार विनयी त्रिवेणी गाउँपालिका –४ , मा रहेको विनयी खोलामा पौडी खेल्ने क्रममा बुलिङटार गाउँपालिका –६ , शितलपुरका अन्दाजी तीस वर्षीय अर्जुन नेपालीको डुबेर  ज्यान  गएको हो ।

विनयी त्रिवेणीमा मजदुरको रुपमा काम गरेर बस्दै आएका नेपाली शनिबार दिउँसो खोलामा नुहाउन गएकाे हुन सक्ने प्रहरीले बताएकाे छ । डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नेपालीको शव पोष्टमार्टमका लागि अहिले दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया