केटी भगाएको भन्दै जनप्रतिनिधिले नै गरे कुटपिट

 बैशाख २१, २०७६ शनिबार २०:२:४६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिकामा दुई जनामाथि निर्घात कुटपिट भएको छ ।

सोनमा गाँउपालिका-१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र सुधिर साहलाई कुटपिट गरिएकाे हाे ।

वैशाख १८ गते भएको घटना मिलाउन आयोजित पञ्चायत भइरहेको समयमै वडा कार्यालयकै परिसर भित्रबाट केही व्यक्तिहरुले कुटपिट गर्दै आएको पीडित शंकर साहले बताउनुभयाे ।

पीडित साहले बताए अनुसार त्यस वडाका वडाअध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातखुटा बाँधी निर्घात कुटपिट गरेका थिए ।

घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेकाे पीडित साहले गुनासाे गर्नुभयाे । भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका प्रमुख यादवले चेतावनी दिएको भन्दै साहले दुखेसाे पोखे ।

घटनाको इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको र चाँडै नै यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया