देशभरको मौसम सामान्यतया सफा रहने

 बैशाख २५, २०७६ बुधबार ७:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार र बिहीबार देशभरी कै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । 

अहिले प्रिमनसुन कमजोर भएकाले देशभरी कै मौसम सफा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

शुक्रबार भने पश्चिमी वायु प्रवेश गरेर मौसम बदली हुने उहाँको अनुमान छ । पानी नपरेपछि देशभरी नै गर्मी बढेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया