कर्णाली, बबई र पश्चिम राप्तीमा बाढीको जोखिम (अपडेट)

 असार १८, २०७५ सोमबार ९:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कर्णाली  बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिँदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको विभागले जानकारी दिएको छ । 

कर्णालीमा बाढी आएपछि चिसापानी आसपासका नागरिकलाई सचेत रहन विभागले आग्रह गरेको छ । 
बबई नदीमा बाढी आए बर्दिया, सुर्खेत, जाजरकोटका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।

यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो ।

कुन नदीकाे अवस्था के छ थाहा पाउन यहाँ हेर्नुहाेस् । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया