भक्तपुरमा पर्यटकको संख्या वृद्धि: पर्यटन शुल्कबाट २६ करोड संकलन

 वैशाख २६, २०७६ बिहीबार १७:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरमा आउने पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको संख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानी समेत वृद्धि भएको हाे । 

भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाहरुको अवलोकनका लागि आउने पर्यटकको संख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ जनाले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । 

२०७४ सालमा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५३० र अन्य राष्ट्रका १ लाख २५ हजार ४९९ पर्यटक गरी २ लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । २०७५ सालमा भने सार्क तथा चीनका १ लाख १५ हजार ९०६ र अन्य राष्ट्रका १ लाख ३७ हजार ९५७ गरी २ लाख ५३ हजार ८६३ जना पर्यटकले आगमन भएको छ । 

नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक रु. ५०० र अन्य राष्टका पर्यटकबाट प्रति पर्यटक रु. १५०० पर्यटन शुल्क संकलन गर्दै आएको छ । 
पर्यटन शुल्क बापत नगपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु. ५ करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु. २० करोड ६९ लाख ३५ हजार ५०० गरि कूल रु. २६ करोड ४८ लाख ८८ हजार ५०० राजस्व संकलन गरेको छ ।

नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु. ४ करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु. १८ करोड ८२ लाख ४८ हजार ५०० गरि कूल रु. २३ करोड ५० लाख १३ हजार ५०० राजस्व संकलन गरेको थियो ।  

भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेन लगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ । 

नगरपालिकाले पर्यटकहरुसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । 
 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया