५० वर्षपछि फेरि प्रचण्ड–सीताको बिहे !

 वैशाख २६, २०७६ बिहीबार २०:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहे गरेको ५० वर्षपछि पुनः बेहुला बन्नुभयो । २०२६ साल वैशाख २६ गते आजैका दिन अध्यक्ष प्रचण्ड र सीता पहिलाे पटक विवाह बन्धनमा बाँधिनुभएको थियो । 

विवाहको ५० औँ वर्षगाँठका अवसरमा बिहीबार पुनः दोस्रो पटक विवाह भएको हो । पुत्र प्रकाशको निधनपछि श्रीमती सीताको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

श्रीमती सीताको स्वास्थ्य अवस्था सुधार आउन सक्ने अपेक्षासहित चिकित्सककै सल्लाहमा अध्यक्ष प्रचण्डले पचासौँ वर्षगाँठसँगै दोस्रो पटक विवाह गर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।  

प्रचण्डसँगै श्रीमती सीता पनि बेहुलीकै साडीचोलोमा सजिनु भएको थियो । तर स्वास्थ्य अवस्थाका कारण राम्रोसँग उभिन नसक्दा छोरी रेणु दाहालले सघाइ रहनुभएको थियो । समारोहमा दुवै जनाले एक आपसलाई माला पहिर्याउँदै विवाहको रीत पूरा गरेका थिए । 

२०२६ सालमा हतार हतारमै विवाह भएको भए पनि अहिले देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा दुवै जनाको पुनः विवाह भएको हो ।  समारोहका लागि खुमलटारस्थित निवास सिँगारिएको थियो । 

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएपछि विक्षिप्त बन्नुभएकी सीताको मन मन भुलाउन विवाह गरिएको हो । स्वास्थ्योपचार गर्न केही सयमअघि मात्रै अध्यक्ष प्रचण्ड सीतालाई लिएर अमेरिका पुग्नुभएको थियो । सीताकै आग्रहमा दोस्रो पटक विवाह गरेको प्रचण्डले समारोहमा बताउनुभएको थियो ।   

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, सरकारका मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, डा.बाबुराम भट्टराई, नेकपाका महासचिव विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 
 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया