स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग जुम्लाका किसानको आग्रह
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - काठमाण्डाैमा रहेको चिनिया राजदूतावासले काठमाण्डाै उपत्यकाका २३ वटा सरकारी विद्यालयका ३ सय ४२ जना विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको छ ।
चिनिया राजदूतावास र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले ललितपुरको हात्तिवनमा रहेको लिटिल एन्जेल स्कुलमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरेको हो ।
आर्थिक सहायता प्रदान गर्दै नेपालका लागि चिनिया राजदूत हौ यानछीले नेपाल र चीनवीच ऐतिहासिक कालदेखि प्रगाढ रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न नेपाली विद्यार्थीले भविष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासलाई अझ सुदृढ बनाउन होप स्टार चाइनिज एम्बास्डर स्कलरसिप कार्यक्रम सञ्चालन भइहरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदैै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिसचन्द्र शाहले चिनिया राजदूतावासले सुभारम्भ गरेको छात्रवृत्तिले गरिव तथा जेहन्दार विद्यार्थीले बीचैमा विद्यालय छाड्नपर्ने अवस्था नआउने बताउनुभयो । कार्यक्रममा २३ वटै विद्यालयलाई विभिन्न शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।