कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

 बैशाख ३०, २०७६ सोमबार ८:५५:३१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुकाे  तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गए राती करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गरेकाे लु ९ प ४६६४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा आइरहेका मायादेवी गाउँपालिका वडा नं. ७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका वडा नं. ६ का शेषराम यादवको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

मोटरसाईकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया