सोमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

 बैशाख ३०, २०७६ सोमबार १०:३४:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । 

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४४ पैसा छ । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया