ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुति
चैत ३, २०८१ आइतबार
बाँके – बाँकेमा बाढीमा दुई जनाको ज्यान गएको छ । एकजना बेपत्ता भएका छन् । बैजनाथ गाउँपालिका–५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको डल्लीपुर नालामा बगाउँदा ज्यान गएको छ ।
बिहान खोला तर्नेक्रममा बगाएर बेपत्ता भएका सुनारको शव ५०० मिटर टाढा झाडीमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसैगरी बैजनाथ ३ का ६५ वर्षीय तुलाबहादुर बुढा जेठी नालामा डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता बुढाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो । यसैगरी बैजनाथ गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको सूचना प्राप्त भएपछि प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बाढीका कारण किरण नाला, पेडारी नाला, डुडुवा नाला, जेठी नालामा बाढी आएको छ । पेडारी नालामा बाढी आउँदा नेपालगञ्ज–गुलरिया सडकखण्डमा आवागमन प्रभावित भएको छ । सयौं यात्रुहरु अलपत्र परेका छन् । यसैगरी बाढीले राप्ती सोनारी र नरैनापुरमा समेत आवागमन प्रभावित भएको छ । बाढीले नेपालगञ्जका न्यूरोड, बसपार्क रोड लगायतका स्थान डुबेका छन् ।
एडीबीको सहयोगमा नेपालगञ्जमा सडक तथा नाली निकास कार्य चलिरहँदा डुबान भएको छ । राप्ती नदीमा भने पानीको सतह सामान्य अवस्थामा छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले सम्भावित बाढीबाट क्षति हुन नदिन खोज तथा उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । प्रशासनले बाढीको बढी जोखिममा रहेका नरैनापुर, डुडुवा र राप्ती सोनारीमा पूर्व तयारीका लागि यसअघि नै पत्राचार गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।