दाउफिन्स फुटबल क्लब, क्यामरुन भीमनारायण गाेल्डकपकाे सेमिफाइनलमा

 बैशाख ३०, २०७६ सोमबार १९:१३:१९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको साेमबारकाे खेलमा धरान फुटबल क्लबलाई हराउँदै दाउन्फिस क्लब क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा साेमबार भएको खेलका धरान फुटबल क्लबलाई ५–० फराकिलो अन्तरले पराजित गर्दै पाहुना टिम दाउफिन्स क्लब, क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुदेखि धरान फुटबल क्लबलाई दबाबमा राखेको क्यामरुनले अन्तिम समयसम्म नै दबाबमा राख्न सफल भयो ।

क्यामरुनले खेलको ५औँ मिनेटमा गोल गरी टिम अग्रता दिलाएसँगै पहिलो हाफमा २–० को अग्रता टिमलाई दिलाएको थियो । पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।

पहिलो हाफको ५ औं मिनेटमा क्यामरुनका जर्सी नं. ३ का खेलाडी सुरु जुर्सीले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको केही समय पछि जर्सी नं. १४ का खेलाडीले गोल गर्दै खेललाई २–० को अग्रता दिलाए । खेलको दोस्रो हाफमा पुनः जर्सी नं. १२, १४ र १३ का खेलाडीले एक-एक गोल गर्दै ५–० को फराकिलो गोल अन्तरले टिमलाई जित दिलाए ।

खेलको म्यान अफ् द म्याच क्यामरुनका सिलो घोषित भए । भोलिको अन्तिम पहिलो चरणको खेल फ्रेन्डस् क्लब ललितपुर र सशस्त्र प्रहरीको एपीएफ काठमाण्डौबीच हुने आयोजकले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया