अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो
चैत ३, २०८१ आइतबार
कास्की – पोखरा त्यसै रमाइलो । त्यसमाथि गर्मीको मौसम । पोखरामा रहेको जलमहल होटेलमा पौडी खेल्नुको आनन्द नै बेग्लै ।
जलमहलको चिसो पौडी पोखरीमा पौडीको आनन्द लिन पाउँदा उत्तर प्रदेशको गर्मी छल्न पोखरा आएका मोहित श्रीवास्तवको अनुहार खुशीले धपक्कै बलेको थियो । पोखरा घुम्न आएका भारत उत्तरप्रदेशका मोहित श्रीवास्तव होटेल जलमहलको पोखरीमा सपरिवार पौडी खेल्दै थिए ।
श्रीमती र दुई छोरासहित पोखरा घुम्न आएका श्रीवास्तवले आफ्ना साथीहरुको सल्लाह अनुसार होटेल जलमहल छानेका थिए । काठमाडौं र लुम्बिनी घुमिसकेका श्रीवास्तवको पोखरा घुम्ने योजना त पहिलेदेखिकै हो । समय नमिलेर पोखरा भ्रमणलाई उनले थाति राखेका थिए । पोखरा घुम्ने मौका मिलाएर आएका मोहितले सन्तुष्ट भावमा मुस्कुराउदै भने ‘पोखरा अच्छा है, उस से ज्यादा होटल जलमहलका स्विमिड् पुल और रुम और भी अच्छा है ।’
पोखरा हिउँदमा चिनियाँ र वर्षाको समयमा भारतीय पर्यटकको आकर्षणमा पर्छ । परम्परागत पर्यटकीय मौसम असोजदेखि मंसिरसम्म युरोपेली, अमेरिकी र विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । पर्यटकको आवागमनले यहाँका होटल र होटलसित सम्बन्धित थुप्रै व्यवसायीहरुको व्यापार व्यवसाय फस्टाएको छ ।
पोखरा होटेलको शहर जस्तै भैसकेकाले कुन होटेलमा बस्ने भन्ने समस्या छैन । फेवा ताल किनार र तालको छेउछाउका होटेलहरु महंगा भए पनि धेरै टाढा नगई सहुलियत दरमा राम्रा र गुणस्तरीय होटेलहरु भेटाउन सकिन्छ । भारतबाट पोखरा घुम्न आएका मोहित पनि राम्रो र सहुलियत दरमा होटेल खोज्दै थिए । उनको रोजाईमा ड्यामसाइड र वरपरको पार्दी थियो । अन्त्यमा पार्दी बजारबाट थोरै भित्रपट्टी चचहुई फनपार्क र चौडा स्विमीङपुलसहितको होटेल जलमहल उनको रोजाइमा पर्यो ।
जलमहलमा पुगेपछि आफ्नो रोजाईको तारिफ गरे मोहितले । साँच्चिकै सुन्दर र शान्त वातावरणमा खोलिएको होटेल जलमहल बजारको भिडभाडबाट न धेरै नजिक छ, न त धेरै टाढा छ । गेटमा निलो बोर्डमाथि सेतो अंग्रेजी अक्षरले होटेल जलमहल लेखेको छ । गेटभित्र छिर्नेबित्तिकै लस्करै रोपिएका बाँसका बोटहरुले आगन्तुकलाई स्वागत गरिरहेको जस्तो लाग्छ ।
सुरुमा यो केटाकेटीका लागि खेल्ने फन पार्क थियो । नाम थियो चच हुई । २०६६ सालमा दिनेशराज प्रसाई र उहाँकी जीवनसाथी प्रतिक्षा क्षेत्रीले स्थापना गरेको फन पार्क विस्तारै रेष्टुरा र होटलका रुपमा विकसित हुँदै गयो । त्रिविमा पढाउन र व्यवसाय विस्तार गर्न दिनेशको धेरै समय अहिले काठमाडौमा बित्छ भने प्रतिक्षा होटलको दैनिकी व्यवस्थापन गर्नुहुन्छ । प्रतिक्षाको अनुभवले भन्छ, ‘होटेल सञ्चालन गर्न सजिलो त छैन, तर ग्राहकको चाहनालाई बुझेर सोहीअनुरुप सेवा दिने हो भने राम्रैसँग चल्छ ।’
यहाँ एक दिनको तीन हजार आठ सयदेखि आठ हजार सम्म पर्ने सुविधासम्पन्न ४० वटा कोठाहरु छन् । होटल सञ्चालिका क्षेत्रीका अनुसार यहाँ ५० जना कामदार छन् । पाँचवटा भवनहरुमा रेष्टुराँ, कन्फेरेन्स हल र लजको व्यवस्थापन भएको छ ।
करिब २० रोपनी क्षेत्रफलमा फैलिएको होेटेल जलमहल सञ्चालन हुन थालेको तीन वर्ष मात्र पुग्यो । तर फराकिला कोठा, कोठासित जोडिएको पौडी पोखरी, हरियो बगैँचा र रुखपात अनि स्तरीय सेवाका कारण छोटो समयमा होटल जलमहलले पर्यटकहरुको मन जितेको छ ।
फूलहरुले सजिएको यो होटेलको उत्तरपट्टि देखिने माछापुच्छ्रे हिमालको दृश्यले मन लोभ्याउछ भने बच्चाहरुका लागि बनाईएको बालमैत्री स्विमिङ्गपुल र हरियालीले जलमहल केटाकेटी, यूवा र पाका सबैको रोजाईको होटल हुन पुगेको छ । त्यसैले त भारतको उत्तर प्रदेशबाट गर्मी छल्न सपरिवार आएका मोहित भन्छन् ‘पोखरा अच्छा है, उस से ज्यादा होटल जलमहलका स्वीमिड् पुल, खाना और रुम और भी अच्छा है ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।