क्यानडेली लिगमा सन्दीपको खराब प्रदर्शन, ४ ओभरमै खर्चिए ५७ रन

 असार १८, २०७५ सोमबार १७:२४:१ | एजेन्सी
unn.prixa.net

इन्डियन प्रिमियर लिग( आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट तीन खेलमा ५ विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछानेले क्यानडेली लिग ग्लोबल टी–ट्वेन्टीमा निराशाजनक प्रदर्शन गरेका छन् । 

मोन्ट्रियल टाइगर्समा ४० हजार डलरमा अनुबन्धित भएका सन्दीपले प्राविधिक कारणले विनिपेग हक्ससँगको पहिलो खेल गुमाएका थिए । तर शनिबार भएको वेष्ट इन्डिज बीसँगको खेलमा भने उनी महंगा बलर सावित भएका छन् । 

वेष्ट इन्डिजसँगको खेलमा पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपले २१ रन खर्चिए । त्यस्तै उनले दशौँ ओभरमा १० रन खर्चिए । तर १३ औँ ओभरमा उनलाई वेष्ट इन्डिज बीका ब्याट्सम्यान बीए किङले निराश बनाए । बीए किङले सन्दीपको बलमा २ छक्का र ३ चौकाको सहयोगमा एकै ओभरमा २५ रन बनाए । ३ ओभरमा मात्रैै ५६ रन दिएका सन्दीप आफ्नो अन्तिम ओभरमा भने निकै सुधारिएको प्रदर्शन गरे । उनले अन्तिम ओभरमा एक विकेट लिँदै एक रन मात्र दिएका थिए । जम्मा ४ ओभर बलिङ गरेका सन्दीपले एक विकेट लिएर ५७ रन खर्चिए । 

सन्दीप लामिछानेको टिममा विश्वप्रसिद्ध क्रिकेटर सुनिल नाराइन तथा लासिथ मालिङ्गा समेत रहेका छन् । सुनिलले भने किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै मालिङ्गाले ४ ओभरमा ३२ रन खर्चिँदै २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सन्दीपको टिम मोन्ट्रियल टाइगर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज बीले १९ ओभर एक बलमा आठ विकेट गुमाउँदै विजयी लक्ष्य भेट्टाएको थियो । 

ग्लोबल टी–ट्वेन्टी लिगमा जम्मा ६ टिम रहेका छन् । दुई खेल सकिँदा वेष्ट इन्डिज बी ४ अंकसहित शीर्ष स्थानमा रहेको छ  भने दुवै खेल हारेको सन्दीपको टोली मोन्ट्रियल टाइगर्स भने अंकविहीन रहँदै पुछारमा रहेको छ । पहिलो खेलमा विनिपेग हक्सले मोन्ट्रियल टाइगर्सलाई ४३ रनले हराएको थियो । 

माेन्ट्रियल टाइगर्सले मंगलबार भ्यानकुभर नाइट्ससँग खेल्दैछ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया