उर्जा मन्त्रालयद्वारा विपद् व्यवस्थापन समिति गठन

 असार १८, २०७५ सोमबार १७:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ । 

अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरिएको हो । बाढी, पहिरो र डुबानलगायतको जोखिमबारे सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्व सावधानीका लागि आवश्यक सर्तक गराउने उद्देश्यका साथ विपद् व्यवस्थापन समन्वय समिति गठन गर्नु परेको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । 

मन्त्रालय अन्तर्गतको जलस्रोत महाशाखाका प्रमुख महेश्वर नरसिंह केसीको नेतृत्वमा गठित समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिंचाइ विभाग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण र जल उत्पन्न प्रकोप व्यवस्थापन शाखाका प्रमुखहरु रहेका छन् । 

वर्षाका कारण हुने जोखिम न्यूनिकरण र विभिन्न पूर्वाधारहरुको आपतकालीन संरक्षण गर्नसमिति गठन गरिएको पनि मन्त्री पुनले स्पष्ट पार्नुभयो । उहाँले समितिले मौसमको पूर्वानुमान र वर्षाका कारण हुने समस्याका बारेमा चौबीसै घण्टा पूर्वसूचना दिने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले डुबान भएका ठाउँहरुमा मानवीय क्षति हुन नदिन विद्युत आपूर्ति बन्द गर्ने लगायतका सावधानी अपनाइएको जानकारी दिनुभयो । उहाँले हालसम्म विद्युत सबस्टेसन बन्द हुने गरी डुबान समस्या नदेखिएको पनि स्पष्ट पार्नुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बाढी, पहिरो र डुबान हुने ठाउँहरुमा उच्च सर्तकता अपनाउन पनि सर्वसाधारणलाई अपील गरेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया