सञ्चार माध्यममा पसेको भाइरसकाे उपचारका लागि 'मिडिया काउन्सिल विधेयक' : मुख्यमन्त्री पोखरेल

 जेठ १, २०७६ बुधबार १४:५१:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यममा भाइरस पसेकोले उपचारका लागि 'मिडिया काउन्सिल विधेयक' ल्याइएको बताउनुभएको छ । उहाँले केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई सरकार र सञ्चार माध्यमबीचको  समन्वयमा टुंगोमा पुर्‍याउनु पर्ने धारणा राख्नुभयाे ।  

दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्जको १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'मिडियालाई बलियो र सक्षम बनाउने जिम्मेवारी राज्यको हो र मिडियामा भाइरस पस्यो भने त्यसको उपचारका लागि मिडिया काउन्सिल विधेयक ल्याइएको हो ।' 

मिडियालाई सक्षम, बलियो बनाउने राज्यको भूमिका भएको बताउँदै उहाँले मिडियामा भाइरस पस्दा त्यसले मिडियालाई असर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'मिडियामा भाइरस पस्यो भने त्यसको उपचार खोज्ने कि नखोज्ने, त्यो भाइरसले मिडियालाई पनि असर गर्छ कि नाइँ ?'  

मिडियामा छिर्ने भाइरसको रक्षाको लागि भाइरसको उपचार गर्न खोजेको उहाँले प्रस्ट पार्नुभयो । 'राज्य मिडियासँग टक्कर गरेर अघि बढ्नै सक्दैन र स्वतन्त्र मिडियाबिना लोकतन्त्र बलियो हुन सक्दैन', उहाँले भन्नुभयो ।

'मिडिया काउन्सिल विधेयक' राज्यले मार्फत प्रेस स्वतन्त्रामाथि अंकुश लगाउन खाेजेकाे भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दाेलनमा उत्रिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया