ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा उदयराज पाण्डे नियुक्त

 जेठ १, २०७६ बुधबार १५:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ब्रुनाई र  तान्जानियाका लागि लागि गैरआवासीय नेपाली राजदूत पदमा उदयराज पाण्डेलाई नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली राजदूत पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गर्नुभएको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया