अस्ति कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो
चैत ३, २०८१ आइतबार
नवलपरासी – नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३, अमहवामा खोलाको बाँध फुटदा सयौं घरहरु डुबानमा परेका छन् ।
दुई दिनदेखि लागातार परेको अविरल वर्षाका कारण धनेवा खोलाको जलस्तर बढेपछि खोलाको उत्तरी–पश्चिम बाँध फुटेको हो । बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवालगायतका गाँउमा बाढी आएपछि हजारौँ मानिसहरु विथापित भएको वडाध्यक्ष दिवाकर चौधरीले जानकारी दिनुभयो ।
डुबानमा परेका मानिसहरुको सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा उद्दार कार्य भैरहेको सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रहरुको मानिसहरुलाई सतर्क रहन आग्रह समेत गरिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले आज एक सूचना जारी गर्दै नवलपरासीबासीहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ ।
वर्षाका कारण नारायणी नदीको बहाव बढ्दै गैरहेको र जिल्ला भित्रका चुरे, महाभारतबाट बग्ने नदीहरुमा समेत जल सतह सतर्कता तह आसपास पुग्ने तथा खतरा भन्दामाथि समेत रहने अनुमान रहेकोले समयमै सुरक्षित स्थानमा बस्न नागरिकलाई आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।