क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
दाङ – दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाहरुले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबसमेत प्रयोग गरिएको भेटिएको छ ।
स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास समितिका अगुवा, महिला र प्रहरीको संयुक्त सहभागितामा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा थालिएको घरेलु रक्सी हटाउने अभियानमा यस्तो भेटिएको हो ।
रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता बस्तु भेटिएको अभियानमा सहभागी प्रहरी चौकी गोग्लीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बिष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
‘यो अभियान थाल्ने बेलामा हामीले कल्पनै नगरेका बस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो’, प्रहरी सहायक निरीक्षक बुढाथोकिले भन्नुभयो, ‘भन्न पनि लाज लाग्छ हेर्नुस् प्रयोग गरिएको प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेट्टायौँ ।’
स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएको छ । विभिन्न अन्नसहित पिसाव, प्याड, जुत्ता, चप्पल र मोजाजस्ता बस्तुहरुको रक्सी उत्पादनमा प्रयोग भएको प्रहरी सहायक निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झै झगडा, स्वास्थ्यलाई असर र आर्थिक नोक्सानी हुने भन्दै त्यसलाई नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभयो ।
टोलीले अहिलेसम्म झण्डै ५ हजार लिटर अवैध रक्सी जफत गरेर नष्ट गरेको वडा अध्यक्ष सार्कीले जानकारी दिनुभएको छ । वडाका वसन्तपुर, बाह्रहाङे, उपल्लो भकारे, तल्लो भकारे, ढुंगेडाँडा, फल्ले डाँडा, माझ गाउँ, सुनपुर, राजधानी टोल, पारखेत, शान्तिनगरलगायत टोलका गाउँमा अवैध रुपमा उत्पादन गर्दै आएको रक्सी नष्ट गरिएको छ ।
पटक–पटक अवैध रुपमा रक्सी उत्पादन नगर्न आग्रह गर्दा अटेरी गरेपछि संयुक्त टोली बनाएर जफत र नष्ट गर्ने अभियान थालिएको प्रहरीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
anil gc
May 16, 2019, 7:02 p.m.दाङ्ग जिल्ला मा जसरी अबैध रुपमा रक्सी को उत्पादन भएको पाइयो उनी हरुलाइ कानुन अनुसार को कार्बाही हुनु पर्छ यसको देखासिकी को असर अरु ठाउमा पनि अबस्य पुग्छ जसको कारण समाजमा जघन्य अपराध हरु धेरै ठाउँ मा हुने गरेको पाइएको छ दाङ्ग मा जस्तो अनुसन्धान अरु जिल्ला हरुमा पनि हुनुपर्छ भन्ने मेरो धारणा धन्यवाद