शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
आईसीसी विश्वकप क्रिकेट ३० मे देखि सुरु हुँदैछ जसका लागि सबै टिमले तयारी तीव्र पारेका छन् ।
यसै क्रममा विश्वकप क्रिकेटका केही रोचक तथ्य यस्ता छन्:
१. वेस्ट इण्डिजका क्लाइब लाइव र अस्ट्रेलियाका रिकी पोन्टिङ लगातार दुई पटक विश्व कप जित्ने कप्तान बनेका छन् । वेस्ट इण्डिजका लाइवले १९७५ र १९७९ को विश्वकप जितेका थिए । अस्ट्रेलियाका पोन्टिङले २००३ र २००७ को विश्वकप जिते ।
२. भारतीय बलर चेतन शर्मा विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो बलर हुन् । उनले १९८७ को विश्वकपमा ह्याट्रिक विकेट लिएका थिए ।
३. नेदरल्याण्डका नोलान कलार्क सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने खेलाडी हुन् । उनले १९९६को विश्वकपमा ४७ वर्ष २५७ दिनमा विश्वकप खेलेर यो रेकर्ड बनाएका थिए ।
४. लगातार तीन पटक विश्वकप जित्ने रेकर्ड अस्ट्रेलियाले बनाएको छ । उसले अहिलेसम्म पाँच पटक विश्वकपको ट्रफी जितेको छ । १९९९, २००३ र २००७ मा लगातार तीन पटक विश्वकप जितेको थियो । त्यस बाहेक अस्ट्रेलियाले १९८७ र २०१५ मा उपाधि जितेको थियो ।
५।पहिलो विश्वकप ६० ओभरको हुन्थ्यो भने पछि ५० ओभरमा झारियो । भारत मात्रै ६० ओभर र ५० ओभरमा विश्वकप जित्ने देश बनेको छ । भारतले १९८३ मा कपिलदेवको पालामा र २०११ मा महेन्द्रसिंह धोनीको कप्तानीमा विश्वकप जितेको थियो ।
६. लगातार पाँच विश्वकप खेल्ने भारतीय खेलाडी सचिन तेन्दुलकर हुन् । अब यो रेकर्ड वेस्टइण्डिजका क्रिस गेलले बनाउँदैछन् । उनले आसन्न विश्वकप खेल्दा पाँच वटा विश्वकप खेल्ने रेकर्ड बनाउने छन् । सचिनले पाँच वटा विश्वकपमा २२७८ रन बनाएर सर्वाधिक रन बनाएका छन् ।
७. सर्वाधिक २३७ रन विश्वकपमा व्यक्तिगत स्कोर हो । यो न्यूजिल्याण्डका मार्टिन गुप्तिलले २०१५ मा वेस्ट इण्डिजविरुद्ध बनाएका थिए ।
८. ३७२ रनको साझेदारी विश्वकपको सर्वाधिक ठूलो साझेदारी हो । वेस्टइण्डिजका क्रिस गेल र मार्लोन स्यामुयलकाबीचमा जिम्बाबेविरुद्ध भएको थियो । जिम्बाबे अहिलेको विश्वकपमा छैन् ।
९. सर्वाधिक विकेट लिने खेलाडी अस्ट्रेलियाका ग्लेन मेक्ग्रा हुन् । उनले विश्वकपमा ७१ विकेट हात पारेका छन् ।
१०.सर्वाधिक क्याच लिएर ब्याट्सम्यानलाई पेभेलियन पठाउने विकेट किपर श्रीलंकाका कुमार सांगकारा हुन् । उनले सर्वाधिक ५४ क्याच आउट गराएका छन् ।