राष्ट्रिय प्रत्यारोपण केन्द्रमा धर्नामा बसेका ११ जना नर्स पक्राउ

 जेठ ३, २०७६ शुक्रबार १३:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा धर्नामा बसेका ११ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रका नर्सहरु गएको वैशाख ११ गतेदेखि विभिन्न माग राखी आन्दोलनमा छन् ।

आन्दोलनरत नर्समध्ये २ जना ८ दिनदेखि आमरण अनसनमा छन् । 

आफ्ना माग राख्दै आन्दोलनरत नर्सहरु प्रहरी नियन्त्रणमा परेको यो तेस्रो पटक हो । यसअघि उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नर्सिङ संघको कार्यालय लाजिम्पाटबाट पक्राउ परेका थिए ।

लोकसेवा आयोगले विज्ञापन खुलाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । लगातारको आन्दोलन र अनसनका कारण बिहीबार नर्सिङ संघको पहलमा केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाइ परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।

लोकसेवामा शुक्रबार नर्सिङ संघ, केन्द्रका निर्देशक, आयोगका पदाधिकारी र आन्दोलनरत नर्सका प्रतिनिधिबीच परीक्षा स्थगित गर्ने विषयमा छलफल हुने बताइएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया