प्रदेश सांसद कृष्णा केसी चढेेको गाडी तोडफोड

 जेठ ४, २०७६ शनिबार ७:१५:४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँके क्षेत्र नम्बर १(क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ चढेेको गाडी शुक्रबार साँझ नरैनापुरमा तोडफोड भएको छ ।

प्रहरी चौकी घेराउ गरिरहेको समुहले केसी चढेकाे गाडीमा तोडफोड गरेको हो । प्रहरी चौकी घेराउका क्रममा केसी निर्वाचन क्षेत्रको भ्रमण गरी कटकुइयाबाट फर्कँदै हुनुहुन्थ्यो ।

नरैनापुरमा ब्यवसाय गर्ने भारतीय नागरिक चरेस सहित पक्राउ गरेपछि स्थानिय आक्रोशित हुँदै प्रहरी चाैकी घेराउ गरेका थिए । 

निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले रिहाइको पहल गरिदिन केसीलाइ दवाब दिएका थिए ।

केसी त्याहाँबाट अघि बढ्न खाेज्दा उहाँ चढेकाे गाडीमाथि ताेडफाेड भएकाे हाे । ताेडफाेडबाट सामान्य क्षति पुगेकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया