किराँत समुदायले आज उभौली पर्व मनाउँदै

 जेठ ४, २०७६ शनिबार ९:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - शनिबार किराँत समुदायले उभौली पर्व मनाउँदैछन् । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो ।

उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ ।

किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ ।

उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पूर्वी भुगोलसहित काठमाण्डौ उपत्यकामासमेत विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उभौलीको शुभकामना व्यक्त गर्दै नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया