सिराहामा हात्तीले आक्रमण गर्दा वृद्धाको ज्यान गयो

 जेठ ४, २०७६ शनिबार १०:४१:२१ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – सिराहामा हात्तीकाे आक्रमणमा एक वृद्धाकाे ज्यान गएको छ । गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको शुक्रवार राति हात्तीले किच्दा ज्यान गएको हो ।

छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडि परेको हात्तीले आक्रमण गर्दा मगरकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख निरीक्षक नविन घिमिरेले जानकारी दिनुभयो । 

महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर  समेत भत्काएको प्रहरीले बताएको छ । अरहामा ऐतु लामाको र भुल्केमा अन्ते लामाको घर हात्तीले भत्काएकाे हाे ।  
 

अन्तिम अपडेट: भदौ २२, २०७६

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया