राष्ट्रपतिबाट ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ काे उद्घाटन

 जेठ ४, २०७६ शनिबार १५:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही –राष्ट्पति विद्यादेवी भण्डारीले २५ सय ६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गर्नुभएको छ । 

‘बुद्ध स्थल लुम्बिनी जाऔं शान्तिको सन्देश फैलाऔँ’ भन्ने नाराका साथ आजबाट लुम्बिनी भ्रमण वर्ष शुरु भएको छ । संसार भरीका बौद्धमार्गीहरु माझ लुम्बिनीको प्रचार गर्न र पर्यटन मार्फत् देशलाई समृद्धितर्फ अघि बढाउन लुम्बिनी भ्रमण दिवस घोषणा गरिएको छ । 

बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ । 

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरु अम्बिका श्रेष्ठ, माझीलाल थनेत, पत्रकार निरु गौतम, जग्गा दाता पदम प्रसाद चौधरी, वरिष्ठ चित्रकार हरि प्रसाद शर्मा लगायतलाई समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंशा पत्रसहित सम्मान गर्नुभयाे । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया