पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके - बाँकेकाे प्रदेशसभा १(१) बाट निर्वाचित सांसद कृष्ण केसी (नमूना) लाई शुक्रबार उहाँकै निर्वाचन क्षेत्रमा बन्धक बनाउने प्रयास गरिएको छ ।
भारतीय सीमाको नरैनापुर गाउँपालिकाको कार्यालयमा केही नेपाली नागरिकसहित भारतीय नागरिकको घेराबन्दीमा पर्नुभएकी बाँके क्षेत्र नम्बर १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य केसीलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकुशल उद्धार गरेर राति दुई बजे नेपालगञ्ज पुर्याएको थियाे ।
भारतीय सीमासँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा लाग्ने हाटबजारमा व्यवसाय गर्ने भारतीय नागरिक देबिदिन विकलाई प्रहरीले शुक्रबार अपरान्ह पाँच किलो चरेससहित पक्राउ गरेपछि उनको रिहाइका लागि सीमापारीबाट भारतीय नागरिक समेत नरैनापुर पुगेका थिए । त्यसै क्रममा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहनुभएकी सांसद केसीको गाडी रोकेर उनीहरुले भारतीय नागरिक निर्दोष भएकाले तत्काल रिहाइ गरिदिन सांसद केसीलाई दबाब दिए।
शनिबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै सांसद केसीले आफ्नै निर्वाचन क्षेत्रमा बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुस भएको बताउनुभयो । सांसद केसीले स्थानीयकाे कुरा सुनेपछि इलाका प्रहरी कार्यालय पुगेर जानकारी लिइ फर्कन लाग्दा गाडीको हावा फुस्काएर आक्रमणको प्रयास भएको दावी गर्नुभयो ।
करिब ६ बजे नरैनापुर पुग्नु भएकी सांसद केसीलाई सदरमुृकाम नेपालगञ्जबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले राति १० बजेर गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय भगवानपुर हुँदै सदरमुकाम नेपालगञ्ज पुर्याएको हो । घटनाका समयमा सुरुमा नरैनापुरमा चारजना प्रहरी र केही सशस्त्र प्रहरी मात्रै भएका कारण भिड अनियन्त्रित भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्थिति नियन्त्रणमा लिने क्रममा ६३ राउण्ड हवाइ फायर र अश्रुग्यास समेत प्रहार गरिएको जानकारी दिनुभयो ।
त्यस क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एकजना जवान घाइते भएका छन् । आक्रोशित भिडले इलाका प्रहरी कार्यालय भोज भगवानपुरभित्र राखिएको गाडी र मोटरसाइकलसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सापकोटाले अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जानकारी दिनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।