निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
कपिलवस्तु - बुद्ध जयन्तीको दोस्रो दिन आइतबार लुम्बिनीमा जन्मिनुभएका शाक्यमुनि बुद्धलाई शिशु बुद्धका रूपमा बाजागाजाका साथ रथयात्रासहित उहाँको गृहनगर कपिलवस्तु भित्र्याइएको छ ।
कपिलवस्तु राज्यबाट माइतीघर देवदह जाँदै गर्दा लुम्बिनी बगैँचामा मायादेवीको कोखबाट शाक्यमुनि बुद्धको जन्म भएको र नवजात शिशु बुद्धलाई तत्कालीन अवस्थामा राजा शुद्धोधनले बाजागाजाका साथ गृह राज्य कपिलवस्तु ल्याएको स्मरण गर्दै आइतबार कपिलवस्तुमा शिशु बुद्धलाई भित्र्याइएको हो । रथलाई सजाएर शिशु बुद्धको धातुको मूर्ति राखेर यात्रा गरिएको हो । तिलौराकोट दरबार क्षेत्रबाट करीब दुई सय मोटसाइकल, रथ, गाडी तथा बाजागाजाका साथ निस्केको र्यालीले लुम्बिनीबाट शिशु बुद्धलाई तिलौराकोट दरबारमा भित्र्याएको थियो ।
गौतम बुद्धका पिता राजा शुद्धोधन र माता मायादेवीको साङ्केतिक रुपधारण गरी रथ यात्रा गरेर कपिलवस्तुमा बुद्ध जन्मोत्सव मनाइएको हो । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजा शुद्धोधन, रानी मायादेवी र शिशु बुद्धलाई तिलौराकोट दरबार क्षेत्रमा स्वागत गर्नुभएको थियो ।
बुद्ध जयन्तीको कार्यक्रमलाई थप भव्य बनाउन र आन्तरिक तथा बाह्य पर्यटकको लुम्बिनी कपिलवस्तु बसाइलाई लम्ब्याउन महोत्सव निकै फलदायी हुने अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
शाक्यमुनि बुद्धको मावली देवदहबाट देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले ल्याउनुभएको कोसेली कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले ग्रहण गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
समुद्र मान बज्राचार्य
May 20, 2019, 6:55 a.m.निक्कै रोचक र प्रशंसनीय नयां परम्पराको शुरूवातको लागि सम्बन्धित सबैलाई बधाई तथा धन्यबाद।