१५ हजार जनाले पाए कृषिमा सहुलियत ऋण, २५ अर्ब १८ करोड कर्जा बक्यौता

 जेठ ६, २०७६ सोमबार १७:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कृषि तथा पशुपंक्षी व्यवसायमा दिएको सहुलियत ब्याजदरको ऋणमा युवाको आकर्षण बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको चैतसम्म पाँच प्रतिशत ब्याजदरमा दिइने कर्जा लिनेको संख्या १४ हजार ६ सय ३९ पुगेको छ । 

१४ हजार ६ सय ३९ जनाले पाँच प्रतिशत ब्याजमा ऋण लिएको र उनिहरुमा २५ अर्ब १८ करोड रुपैयाँ बक्यौता रहेको छ राष्ट्र बैंले जनाएको छ ।  उनीहरुमा पाँच प्रतिशत अनुदानको ब्याजमा ऋण प्रवाह गर्दा ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

यस्तै उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले दिइएको पुनर्कर्जाको उपयोग पनि बढेको छ । २०७५ चैत मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको २३ अर्ब ६ करोड पुनर्कर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा १८ अर्ब ९७ करोड र निर्यात पुनर्कर्जा  १ अर्ब ४९ करोड रुपैयाँ उपयोग भएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ ।

यस्तै गएको चैतसम्म  १५ सय ७७ जना भूकम्प पीडितले २ अर्ब ५८ करोड रुपैयाँ  सहुलियतको कर्जा लगेका छन् । यसबाहेक “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५” मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ १३ करोड ६४ लाख कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया