काठमाण्डाैमा 'नेहा कक्कड लाइभ' कन्सर्ट

 जेठ ६, २०७६ सोमबार २०:३२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् ।

आउँदाे जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो ।   

आयोजकले जारी गरेको विज्ञप्तिका अनुसार, ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाण्डौ आउनेछिन् ।

आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार,कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरुको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् । ढुंगेलका अनुसार, नेहा कक्कड लाइभमा नेपाली गायक-गायिकाहरुको पनि सहभागिता रहनेछ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेका छन् । 

यस्ताे नेहाकाे सांगीतिक यात्रा ?

इण्डियन आइडल सिजन-२ बाट प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा सुरु गरेकी नेहाले इण्डियन आइडल सिजन-१० मा निर्णायकको रुपमा समेत भूमिका निभाइसकेकी छिन् । त्यसबाहेक उनले सारेगमप सहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको भूमिका नभाइसकेकी छिन् । 

सन् २००८ मै पहिलो एल्बम 'रक स्टार' सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छिन् । उनका लोकप्रिय गीतहरुमा 'इस्मे तेरा घाटा', 'मिले हो तुम हमको', 'काला चस्मा', 'आँख मारे', 'कोकाकोला', 'नैना', 'गल्ली गल्ली', 'दिलवर दिलवर', 'सावान आया है', 'धदिङ नाच', 'लण्डन थुमक्डा', 'दो पेग मार', 'मैं तेरा ब्वाइफ्रेण्ड' आदि छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया