निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्रीविरुद्ध अमर्यादित तथा धम्कीपूर्ण कमेन्ट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका२ घर भएका ३४ वर्षीय लालबहादुर तामाङलाई सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । उनले ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भनी सामाजिक सञ्जालमा कमेन्ट गरेको खुल्न आएको छ ।
सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ(भाइ) नामक फेसबुक आईडी प्रयोगकर्ता तामाङले धम्कीपूर्ण कमेन्ट गरेको खुल्न आएको छ ।
सामाजिक सञ्जालमा त्यस प्रकारको कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।