प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्नु हुँदैन: नेता नेपाल

 जेठ ७, २०७६ मंगलबार १५:४७:२४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने बताउनुभएको छ । नेपालगञ्जमा मंगलबार पत्रकारसँग कुरा गर्दै उहाँले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताउनुभयो ।

प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनुपर्छ भन्दै बरिष्ठ नेता नेपालले अंकुश लगाएरु रोकेर, तर्साएर समस्याको समाधान नहुने बताउनुभयो । उहाँले कसैले पनि आफ्नाे पूजा-स्तुति गरेन भनेर मूल्यांकन नहुने बताउनुभयो । 

उहाँले पार्टीको समायोजना अन्तिम चरणमा पुगेको भन्दै अब पार्टी कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।  नेपालले नयाँ बजेटपछि मुलुक समृद्धितर्फको यात्रामा अघि बढ्ने पनि बताउनुभयाे। 
 

अन्तिम अपडेट: चैत १०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया