निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भएमा भुण्डिएर मर्न तयार रहेको चेतावनी दिनु भएको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि घिसिङले भ्रष्टाचार गरेको फेला पार्न चुनौती दिनुभयो ।
कुलमानविरुद्ध आक्रोशित भएका मोदीले लोडसेडिङ अन्त्य गरेको जस लिँदै संस्थाभित्र भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । ‘२५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार गरिएको छ, आफ्ना विद्युत गृहबाट विद्युत उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ’, सांसद मोदीले आरोप लगाउनुभयो ।
‘दम्भ बढ्दै गएको छ, प्रधानमन्त्रीले पनि गर्न नसक्ने त्रिशूली ३ बी हब सबस्टेसनमा अवरोध गरेको भन्दै स्थानीयलाई थर्काउने ?’ त्यसपछि बोल्ने पालो पाएका कार्यकारी निर्देशक घिसिङले आरोप पुष्टि गर्न चेतावनी दिनुभयो ।
के हो मोदीको स्वार्थ ?
नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।
यसले गर्दा दुहवीबाट विद्युत् लगी सबस्टेसन सञ्चालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताउनुभयो ।
‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन’, सिंहले भन्नुभयो, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौँ भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ ।’
स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमा समेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।
मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिँदा कटहरी सबस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गर्नुभएको थियो । तर, मन्त्री पुनको आग्रहलाई समेत मोदीले मान्नु भएको छैन । त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेको बताइन्छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ ।
सबस्टेसन सञ्चालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।
याे पनि पढ्नुहाेस्
लेखा समितिमा कुलमानको चेतावनी : भ्रष्टाचार गरेकाे प्रमाणित भए झुण्डिएर मर्छु
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bibek
May 21, 2019, 8:15 p.m.यस्ता बिकास बिरोधी दलाल नेताहरुका कारण नै देश पछाडि परेको हो। अरुलाई बिना आधार हिलो छ्याप्ने यो कथित सांसदलाई अनुशासनको कारबाही हुनुपर्छ।
DB Limbu
May 21, 2019, 7:24 p.m.अब यी दलालहरुलाई मर्ने गरी नहानेसम्म भ्रष्ट्राचार विरोधी व्यक्ति र विचार बाँच्दैन । कुलमानलाई भ्रष्ट्राचारी देख्नेले अरु त्यत्रा काण्डहरु छन किन देख्दैन । प्रेम संजेललाई भ्रष्ट्राचारी देख्नेले वाइडबडीका भ्रष्ट्रहरुलाई देख्दैन । केही बिल नतिर्ने उद्योगीहरुले तलाई खुवायो कि के हो? यसको छानविन होस ।