निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
साेलुखुम्बु – सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेका तीन किशाेरमध्ये एक जनाको शव रोबाेटले पनि पत्ता लगाउन सकेन । रोबाेटसहित विशेषज्ञको टोलीले गोक्यो तालमा डुबेकामध्ये सुनिल बराइलीको शव गएको बिहीबार निकालेको थियो ।
तालको सम्भावित क्षेत्रमा खोजी गर्दा पनि पेम्बा दोर्जी शेर्पाको शव भने नभेटिएको खोजी टोलीमा सहभागी विक्रम श्रेष्ठले बताउनुभयो । शव नभेटिएपछि खोजी गर्न गएको टोली खोजी कार्य बन्द गरेर मंगलबार फर्केर काठमाण्डाै आइसकेकाे छ ।
टोली फर्किएसँगै अब पेम्बा दोर्जी शेर्पाको शव भेट्ने आशा निकै कम भएको आफन्तको भनाइ छ ।
गएको साउनमा पौडी खेल्ने क्रममा किशाेरहरु डुबेपछि परिचालन भएको खोज तथा उद्धार टोलीले पेम्बा नुरु शेर्पाको शव निकालेको थियो ।
त्यसबेला खोजी कार्य बन्द गरिएकोमा खुम्बु घुम्न आएका एक पर्यटकको सहयोगमा अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले रोबाेट तथा अन्य उपकरण प्रयोग गरी यस पटक शवको खोजी गरेको थियो ।
गएको असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । २०७५ साउन १९ गते खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेश्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र डुबेर हराएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।