७ किलो सुन तस्करीको आरोपमा रसुवाका काशेर ग्याल्बाेविरुद्ध मुद्दा दायर

 जेठ ७, २०७६ मंगलबार १७:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – ७ किलो सुन तस्करी गरेको आरोपमा रसुवाका काशेर ग्याल्बाे घलेविरुद्ध जिल्ला अदालत रसुुवामा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर १ का काशेर ग्याल्बोविरुद्ध राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनको अभियोगमा १७ करोड ७९ लाख ४० हजार विगो तथा जरिबाना दावी गरेर जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो । 

ग्याल्बो रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना ६ ख ९०६८ नम्बरको कन्टेनरकाे डिब्बामा विना बिल बिजकको ७ किलो सुनसहित पक्राउ परेका थिए । 

उनको साथबाट बरामद भएको तीन करोड पचपन्न लाख अठासी हजार रुपैयाँ बराबरको सुनको नियमानुसार लाग्ने र बुझाउनु पर्ने राजस्व चुहावट गरेको पुष्टि भएको विभागले जनाएको छ ।

यस्तै चीनबाट सुन खरिद गर्न विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि भएकोले१७ करोड ७९ लाख ४० हजार विगो र जरिबानासहित ३ वर्षको कैद माग गरेर मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया