कालाे सूचीमा परेका व्यक्ति वा संस्थाले खाेलेका नयाँ कम्पनीलाई ठेक्का नदिने प्रावधान खारेज गर्न व्यवसायीकाे माग

 जेठ ७, २०७६ मंगलबार १७:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासंघले कालो सूचीमा परेका कम्पनीमा आवद्ध व्यक्ति वा संस्थाले खोलेको नयाँ कम्पनीलाई ठेक्का नदिने प्रावधानसहित ल्याइएको ‘सार्वजनिक खरिद नियमावली, २०७५’ तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 

महासंघले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई कामै गर्न नदिने गरी आएको त्यस प्रावधान एक हप्ताभित्र खारेज नभए निर्माणका सम्पूर्ण कामकारबाही ठप्प पारेर सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ । महासंघका महासचिव रोशन दाहालले कालो सूचीमा परेका व्यक्ति वा कम्पनीले खोलेको नयाँ कम्पनीलाई पनि ठेक्का प्रक्रियामा सहभागी नगराउने त्यस नियमावलीको प्रावधान कानुनी सिद्धान्तको विपरीत रहेकाले त्यसलाई खारेज गर्न सरकारसँग माग गरिएको स्पष्ट पार्नुभयो ।

महासंघले ५ करोडसम्मको निर्माण कार्य खरिदमा कुनै पनि खालको योग्यता नतोक्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासचिव दाहालले त्यस नियमावलीमा २ करोडसम्मको निर्माण कार्य खरिदमा कुनै पनि खालको योग्यता नतोक्ने प्रावधान राखिएकोमा आपत्ति जनाउँदै त्यसलाई पाँच करोडसम्म बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

२ करोडभन्दा माथिको निर्माण कार्यमा निर्माण कम्पनीका योग्यता तोके साना–साना कम्पनीहरुले कामै नपाउने अवस्था आउने भएकाले त्यसमा पनि संशोधनको माग गर्नु परेको महासंघको भनाइ छ ।

महासंघले बिल पेस भएका आयोजनाहरुको भुक्तानी तत्काल उपलब्ध गराउन पनि सरकारलाई पुनः सचेत गराएको छ ।

के छ नियमावलीमा ?

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया