निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
रसुवा – रसुवा र नुवाकोटमा जलयात्राको विकास गर्नका लागि मंगलबार जलयात्रा (र्याफ्टिङ) सञ्चालन गरिएको छ ।
दुवै जिल्लामा जल पर्यटनको विकास गर्ने, जलयात्राका लागि नयाँ गन्तव्य पहिचान गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउनका लागि त्रिशूली नदीमा जलयात्रा सञ्चालन गरिएको हो ।
रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्डेदेखि नुवाकोटको विदुर नगरपालिका– १० भैसैसम्म जलयात्रा सञ्चालन गरिएको रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ । रसुवामा पहिलो पटक जलयात्राको आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो ।
रसुवा–नुवाकोट पर्यटन समाज र रसुवाको उत्तरगया गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । काठमाण्डौबाट नजिक भएकोे र नदीको बहाव बढी भएकोले साहसिक जलयात्रीहरूका लागि उपयुक्त रहेको उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।