कपिलवस्तुका चिरञ्जीवी आचार्यको हत्या साथीहरुबाटै : प्रहरी

 जेठ ८, २०७६ बुधबार १६:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - साथीको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरी प्रहरीले बुधबार बुटवलमा सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले  पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तुको वाणगंगा ६ का २७ वर्षीय चिरञ्जीवी आचार्यको हत्यामा संलग्न भएको आरोपमा वाणगंगा ६ का ३३ वर्षीय रमेश विक, २४ वर्षीय वसन्त खत्री, २० वर्षीय राजु विक र २८ वर्षीय गोपाल खनाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

गएकाे आइतबार राति स्थानीय एक रेस्टुरेण्टमा रक्सी पिएर मोबाइल हराएको विषयमा विवाद भएपछि आचार्यलाई जंगलमा लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । झगडा भएपछि हत्याको योजना बनाएका राजु विक र रमेश विकले आचार्यलाई जंगलमा ल्याएर ढुङ्गाले हानेर हत्या गरेपछि उनीसँग भएको १३ हजार नगद लिएर मोटरसाइकल कपिलवस्तुको खयरघारी जंगलमा लगेर छोडेका थिए ।

राजु र रमेश नै घटनाका मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । आचार्यको शव सोमबार रुपन्देहीको सैनामैना १० सालझण्डीको जंगलमा भेटिएको थियो ।

हत्यामा स‌ंलग्न सबै हत्या गरिएका आचार्यका साथीहरु रहेको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया