निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
माेरङ - विराटनगरवासीले एक महिनाको अवधिमा दुई ठूला डाक्टर गुमाएको छ ।
महिना दिन अगाडि मात्र विराटनगवासीले नेपाल सरकारको १०औँ तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत डाक्टर मुकुन्द दाहाललाई गुमाएकोमा त्यसलगत्तै अर्का बाल रोग विशेषज्ञ डाक्टर विमल अग्रवाललाई पनि गुमाएको हो ।
कोशी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको मंगलबार निधन भएसँगै विराटनगवासी स्तब्ध भएका छन् । डा. अग्रवालको बुधबार दाहसंस्कार गरिएको छ । विराटनगर-८, मा रहेको विश्रान्ती आर्यघाटमा अग्रवालको अन्त्येष्टि गरिएको हो ।
डाक्टर अग्रवालकाे पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए । डा. अग्रावालको दाहसंस्कारमा विराटनगरवासीको जनलहर नै छाएको थियो । विराटनगरका वरिष्ठ डाक्टरहरु, महानगरका मेयर, राजनैतिक दलका नेता, शैक्षिक क्षेत्रका व्यक्तित्व, आफन्त र शुभचिन्तक अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।
अग्रवाल विराटनगरमा मात्र नभई प्रदेश नम्बर एकमा लोकप्रिय बालरोग विशेषज्ञ हुन् । अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे ।
६ वर्षदेखि विराटनगरको कोशी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेनडेड भइसकेको बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।