निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्याण्डी बेरीले ‘जनतासँग गफगाफ’ सम्वाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कुटनीतिक मर्यादाविपरीत हुने भएकाले सञ्चालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराउनु भयो । बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कुटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कुटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन् त्यसको पालना गर्नैपर्ने पनि उल्लेख गर्नुभयो ।
सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कुटनीतिक मर्यादाविपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले कुटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई याे संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गर्नुभयो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिबिना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिइ राजदूत बेरीलाई याे संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो ।
अमेरिकी राजदूत बेरीले आउँदाे सोमबारदेखि सुरु गर्न लागेको ‘अमेरिकी राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उहाँकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो ।
सांसद कर्णले कुनै पनि बहानामा कुटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदूतहरुले गर्न नहुने पनि स्पष्ट पार्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।