आमाले नै छाेराहरुलाई लागुऔषध खुवाएकाे खुलासा

 जेठ ८, २०७६ बुधबार १८:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक जना महिलाले आफ्नै छोरालाई लागुऔषध सेवन गराउने गरेको खुलासा गरेको छ । 

ब्यूरोले काठमाण्डौ महानगरपालिका १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सीमाबाट लागुऔषध एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरुले पनि सेवन गर्ने गरेको पाइएको जनाएको छ । 
 
बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै ब्यूरोका एसएसपी वसन्तकुमार लामाले घरबाटै लागुऔषध बिक्री वितरण गर्ने क्रममा श्रेष्ठका दुई जना छोराहरु पनि लागुऔषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिनुभयो । 

गएको मंगलबार श्रेष्ठलाई प्रहरीले लागुऔषध नियन्त्रित मनोद्धिपक एम्पुल र लागुऔषध बिक्री वितरण गरेर संकलन गरेको एक लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठको कोठाबाट डाइजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ एम्पुल, फेनार्गन ५६० एम्पुल पनि बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले लागुऔषध चरेससहित झापाका सञ्जय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ । 

एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेससहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया