धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
सिरहा – कर्जन्हा नगरपालिका-११, हटलेटवाका चन्देश्वर खेवार यादवलाई प्रहरीले उनकै श्रीमती रितुदेवी यादवको हत्या आरोपमा पक्राउ गरी सार्वजानिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी बिहीबार श्रीमती हत्या आरोपमा यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । यादवले श्रीमतीलाई आवेगमा आएर हत्या गरेको स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता माधवराज खरेलले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा उपलब्ध प्रमाणहरुका आधारमा यादवलाई प्रहरीले पक्राउ गरेको हाे ।
यादव आफैँले हत्या स्वीकार गरे पनि प्रहरीले अरुको समेत संलग्नता हुनसक्ने आशंका गरेको छ । प्रवक्ता खरेलले भन्नुभयो, ‘हत्यामा अरुको पनि सलंग्नता हुनसक्ने केही प्रमाणहरु पनि छन्, अनुसन्धानमा असर पर्ने भएकाले सबै कुरा बताउन सकिँदैन । थप अनुसन्धानका लागि हामीले यादवलाई अदालतबाट म्याद थपेर थुनामा राखेका छौँ ।’
प्रहरीले एक आपसको विवादका कारण हत्या भएको देखिएको बताएको छ । प्रवक्ता खरेलले भन्नुभयाे, ‘सबै कुरा भन्न सकिने खालका छैनन्, तर दम्पतीबीचको विवाद नै हत्याको कारण हो ।’ रितुको जेष्ठ ७ गते घरमै घाँटी थिचेर हत्या गरिएको थियो ।
सिरहा नगरपालिका महाविरचोक माइती भएकाी रितुसँग चन्देश्वरको ९ वर्ष अघि विवाह भएको थियो । उनीहरुको ६ वर्षीया एउटी छोरी छन् । छोरा नपाएको निहुमा दिनहुँ झगडा हुने गरेको स्थानीय किशोरी यादवले जानकारी बताउनुभयाे । उहाँले दम्पतीबीच पटक पटक भएको विवाद स्थानीय रुपमा पनि मिलाउने गरिएको पनि जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।