काठमाण्डौलगायत मध्य भेगमा आज बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना

 जेठ १०, २०७६ शुक्रबार ७:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले बिहान काठमाण्डौकाे आकाशमा बादल लागेको छ ।

पश्चिमी वायुको प्रभावका कारण बद्ली भएको मौसमविद्ले बताएका छन् । आज दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ । वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

तराइका भेगमा भने आज दिनभर मौसम सफा रहने पनि मौसमविद् नगरकोटीले बताउनुभयो । पानी नपर्ने भएकाले तराइका भेगमा भने गर्मी हुने सम्भावना छ  भने पहाडी भेगमा केही शीतल हुने अनुमान रहेको पनि मौसमपुर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया