पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी - गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा पञ्चेश्वर गाउँपालिका-६ का ४० वर्षीय राज कोली रहेकाे बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । बिहीबार बेलुका गिरेगडाबाट देहीमाण्डौतर्फ आइरहेको म १ ज ११९ नम्बर जीपको पछाडी बसेका कोलीले पार्सा भन्ने ठाँउमा अर्को गाडीलाई साइड दिन जीप ब्याक गर्दा हाम फालेको बताइएको छ ।
हाम फाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएकाे हो । कोलीको बाटोमै मृत्यु भएपछि चालक जनक जोशी जीप छोडेर भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।