सधैँकाे 'अभागी टिम' दक्षिण अफ्रिकाले यस पटककाे विश्वकपमा कस्ताे प्रदर्शन गर्ला ?

 जेठ ११, २०७६ शनिबार १०:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि यो अभागी टिमले कहिले पनि फाइनलमा स्थान बनाउन सकेन ।

यस्तै दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरि अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो । यो पटक  दक्षिण अफ्रिकी टिम हौसला र उच्च महत्वकांक्षाका साथ विश्वकपमा सहभागि हुँदैछ ।

दक्षिण अफ्रिकी टिममा उत्कृष्ट क्षमता भएका खेलाडी छन् । कागजमा हेर्ने हो भने दक्षिण अफ्रिकी टिमलाई दाबेदारको रुपमा हेरिएको छ । यो पटक दक्षिण अफ्रिकाको बलिङ आक्रमण निकै बलियो छ । कागिसो रबाडा, डेल स्टेन र लुंगी एनगिदी जस्ता खेलाडीले विपक्षी ब्याटिङ लाइनअपलाई ध्वस्त पार्न सक्ने क्षमता राख्दछन् ।

यस्तो हुँदा हुँदै पनि क्रिकेट विश्लेषकहरुले यो विश्वकपमा ब्याटिङ हावी हुने आँकलन गरिरहेका छन् । बुकीहरुको अनुमानमा दक्षिण अफ्रिकाको यो विश्वकप अभियान पनि सेमिफाइनलमै टुंगिनेछ ।

यो विश्वकपमा ब्याट्सम्यानको प्रभाव राम्रो हुने आँकल भइरहेको अवस्थामा दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि ककको प्रदर्शन महत्वपूर्ण रहन सक्नेछ । हसिम अमला फर्ममा नरहेका कारण डि ककले बलरलाई दबाब दिन सक्नेछन् ।

बलरलाई प्रमुख हतियार मान्दै आएको दक्षिण अफ्रिकालाई ब्याटिङमा ध्यान दिनु उत्तिकै जरुरी छ । साढे दुई दशकको असफलतापछि नयाँ जोसका साथ विश्वकप मैदानमा उत्रिने तयारी गरिरहेको दक्षिण अफ्रिकाका सामु भारत र इंग्ल्याण्ड प्रमुख बाधक हुन सक्नेछन् ।

कागजमा हेर्ने हो भने भारत र इंग्ल्याण्ड निकै बलिया टिम रहँदै आएका छन् । दक्षिण अफ्रिकाले आयोजक इंग्ल्याण्डविरुद्धको खेलबाट यो विश्वकप अभियान शुरु गर्नेछ ।

मे ३० मा पहिलो खेल खेलेपछि जुन २ मा दक्षिण अफ्रिकाले बंगलादेशसँग, जुन ५ मा भारतसँग, जुन १० मा वेष्ट इण्डिजसँग, १५ मा अफगानिस्तानसँग, १९ मा न्यू जिल्याण्डसँग, २३ मा पाकिस्तानसँग, २८ मा श्रीलंकासँग र जुलाई ६ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण अफ्रिकी टिम

फाफ डू प्लेसी, हसिम अमला, क्वीन्टन डि कक, रासी भ्यान डर डुसेन, जेपी डुमिनी, एइडेन मारक्रम, डेविड मिलर, लुंगी एनगिडी, क्रिश मोरिस, एनडिल फेलुकवायो, ड्वाइने प्रिटोरियस, कागिसो रबाडा, तब्राइज शाम्सी, डेल स्टेन, इमरान ताहिर ।

प्रशिक्षकः ओटिस गिब्सन

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया