बुद्ध एअरले सोमबारदेखि काठमाण्डौ-कोलकाता उडान गर्ने

 जेठ १२, २०७६ आइतबार १५:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुद्ध एअरले सोमबार देखि काठमाण्डौ-कोलकाता उडान गर्ने भएको छ ।

बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबारदेखि काठमाण्डौ –कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराउनुभयो ।

बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ-कोलकाता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाण्डौ-कोलकाता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ  भने बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया