नेपालमा काम गर्न आउने विदेशीको संख्या घट्यो

 जेठ १३, २०७६ सोमबार १५:४४:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपालमा काम गर्न आउने विदेशीको संख्या घटेको छ । आर्थिक सर्वेक्षण २०७५ ७६ ले नेपालमा आएर काम गर्ने विदेशीको संख्या घटेको देखाएको हो ।

नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा १ हजार २ सय ४५ जना विदेशीले श्रम स्वीकृती लिएकोमा २०७४/७५ मा १ हजार ६ सय ८ जनाले श्रम स्वीकृती लिएका थिए ।

तर आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या घटेको छ  । २०७५/०७६ को फागुनसम्म ५ सय ८० जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ५ सय ५२ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गरेका छन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया