जनतालाई भड्काउने छुट कसैलाई छैन : प्रचण्ड

 जेठ १४, २०७६ मंगलबार १७:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई भड्काउने छुट कसैलाई पनि भएको बताउनु भएको छ । 

अध्यक्ष दाहालले देशको इतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि सबैलाई आह्वान गर्नुभयो । देशको प्रकृति, विविधता र त्यसभित्रको सानदार एकता देशको समृद्धिका लागि अति उपयोगी रहेको अध्यक्ष दाहालको भनाइ छ । गन्तव्य नेपालद्वारा मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले विकास निर्माणको कामलाई छिटोभन्दा छिटो गति दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको पनि स्पष्ट पार्नु भयो । उहाँले गौतम बुद्धको नेपाली भूमिलाई समृद्ध बनाउन पर्यटन प्रवद्र्धन गरेर अघि बढने योजना पनि अघि सार्नु भयो । त्यस अवसरमा अध्यक्ष दाहालले गन्तव्य नेपालले ‘नेपाल भ्रमण वर्ष–२०१९’लाई सफल बनाउन पुर्‍याउँदै आएको योगदानको पनि खुलेर प्रशंसा गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया