सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिलालाई दूतावासद्वारा सम्मान

 जेठ १४, २०७६ मंगलबार १९:१५:३७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - सगरमाथाको सफल आरोहण गर्ने प्रथम ओमानी महिलालाई नेपाली दूतावास ओमानले स्वागत तथा सम्मान गरेको छ । सर्वोच्च सगरमाथाको सफल आरोहण गर्नुभएकी ओमानी महिला नादिरा अल हार्थीलाई ओमानमा स्वागत गर्दै दूतावासले सम्मान गरेको हो ।  

मे २३ (बिहीबार) का दिन सगरमाथा आरोहण गर्नुभएकी हार्थीलाई मस्कटमा रहेको अन्तरास्ट्रिय विमानस्थलमै पुगेर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र उहाँका श्रीमान विमल ढकालले नेपाली ढाका टोपी र नेपाली ढाका खाष्टो ओढाएर विशिष्ट कक्षमा सम्मान गर्नुभएको नेपाली दूतावास ओमानले जनाएको छ । 

ओमानी महिलाले सगरमाथा चढ्नु दुई देशीय सम्बन्धमा थप प्रगाढता थपेको र नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने ओमानका लागि राजदुत शर्मिला पराजुली ढकालले बताउनुभयो ।

यसअघि सन् २०१० को मे २३ मै पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीले सगरमाथा आरोहण गर्नुभएको थियो । शियाबीको ४६ वर्षको उमेरमा गएको वैशाखमा हृदयघातका कारण ज्यान थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया